सुदूर नेपाललाई विश्वसँग जोड्दै

तान्जानियामा अठार हजारभन्दा बढी चालकहरू पक्राउ

२०७९ जेठ २, ०९:०६ रासस

दार अस सलामः तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन्। ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।  

तान्जानियाको ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले १८ हजार ४१० जनालाई पक्राउ गरेको हो। उनीहरूलाई दुई महिनाभन्दा कम समयमा पक्राउ गरिएको हो। तान्जानियामा पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ भने नियम कार्यान्वयन गराउन प्रहरीले सक्रियता बढाएको छ। 

तान्जानियाको ट्राफिक प्रहरीका कमान्डर विल्ब्रौड मुताफुङवाले पक्राउ परेका चालकलाई  ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता गराएर र अन्य तोकिए अनुसारको कारबाही गरेर छाड्ने गरिएको जानकारी दिए। चेकजाँचको कार्य देशभर नै भइरहेको पनि उनले बताए। 

कमेन्ट लोड गर्नुस