सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा काँग्रेसको विजयी र्‍यालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

२०७९ जेठ २, ०७:२० खबर संवाददाता

धनगढीः डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो। र्‍यालीमामा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ। 


 

कमेन्ट लोड गर्नुस