अमरगढीको प्रमुखमा काँग्रेसभन्दा २ मतले अगाडि काँग्रेस विपी
डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस(विपी) ले अग्रता लिएको छ। ८२२५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २९५६ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २९५८ मत पाएका छन्। भट्ट जोशीभन्दा २ मते अगाडि रहेका छन्।
यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले २९४४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २७६५ मत पाएका छन। वडा नम्बर १ देखि ८ सम्मको गणना भइसकेको छ। यो नजिता ८ वडा र अमरगढीको वडा नम्बर ९ को ६ सय मत गन्दासम्मको हो।