बझाङ दुर्गाथली गाउँपालिकाको अध्यक्षमा थापा र उपाध्यक्षमा दौल्याल विजयी
धनगढीः बझाङको दुर्गाथली गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन्। थापामले २ हजार ८२३ मत प्राप्त गरेका र विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर धामीले १ हजार ८११ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जनकबहादुर दौल्यालले २ हजार ८४४ ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका शारदाकुमारी विकले १ हजार ८०१ मत प्राप्त गरेकी छन्।