सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विजयी जुलुसमा सहभागी हुन हिँडेको हायस दुर्घटना, ३ जनाको मृत्यु 

२०७९ जेठ २, १०:३८ खबर संवाददाता

दार्चुला: दार्चुलामा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से१ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो। 

सोमवार विहान साढे ९ बजे भएको दुर्घटनामा परि घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। चालक प्रकाशसिंह धामी, सहचालक नविनसिंह धामी र हरिष धामीको  मृत्यु भएको उनले बताए।  मृतक तीनै जना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन्।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस