सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

२०७९ जेठ २, ०९:५२ खबर संवाददाता

धनगढी: डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर गड्सिला विजयी भएका छन्। उनी २०५८ मत ल्याई विजयी भएका हुन्।

उनका निकटतम पव्रतिद्वन्द्वी नेकपा एमालेका हस्तबहादुर बुढाले २०२४ मत ल्याए भने नेपाली काँग्रेसका डिलबहादुर बमले १९३४ मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्नादेवी बम विजयी भएकी छिन्। बम २०६३ मत ल्याउँदै विजयी भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ज्ञानु मल्ल बमले १९९१ मत ल्याइन् भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले १८७१ मत ल्याइन्। गाउँपालिकाका ७ ओटा वडाहरुमध्ये २/२ ओटा वडामा एमाले, माओवादी केन्द्र र बाँकी ३ ओटा वडामा काँग्रेस विजयी भएको छ।

कमेन्ट लोड गर्नुस