सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको आदर्शमा काँग्रेस विजयी, कति वडामा कसले जिते ?

२०७९ जेठ २, ०८:२० खबर संवाददाता

धनगढी: डोटीको आदर्श गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका गणेश बहादुर खड्का विजयी भएका छन्। उनी ३७७३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बर ओलीले ३३७७ मत पाए।

त्यस्तै, माओवादी केन्द्रका योगेन्द्रबहादुर खड्काले ९०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराप्रसाद ओझाले १३६ मत मात्रै पाए। गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै लक्ष्मी धामी (रोकाया) ३६७४ मतका साथ विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्दी एमालेकी जानकी खड्काले ३३८९ मत प्राप्त गरिन्। एकीकृत समाजवादीका रमेश विष्टले ३३३ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कविता साउदले १७२ मत मात्रै पाइन्।

पालिकाका ७ ओटा वडामध्ये ४ वडामा काँग्रेस र ३ वडामा एमाले विजयी भएको छ। वडा नम्बर १, ४, ५ र ७ मा काँग्रेस र वडा नम्बर २, ३ र ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडा नम्बर १ मा काँग्रेसका भरतबहादुर खड्का, ४ मा राजेन्द्र ओझा, ५ मा उत्तमबहादुर सिंह र ७ मा लालबहादुर विष्ट विजयी भएका छन्। त्यस्तै वडा नम्बर २ मा एमालेका रमेश साउद, ३ मा वीरेन्द्रप्रसाद पाठक र ६ मा लालबहादुर खडायत विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस