कञ्चनपुरको लालझाडीमा एमाले विजयी
धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा निर्मल राना ४५१६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत ल्याए।
उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी राना विजयी भएकी छिन्। उनले ३५६१ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राधा रानाले ३४९३ मत ल्याइन्। २०७४ को निर्वाचनमा माओवादीका मदनसेन वडायक विजयी भएका थिए।