कञ्चनपुरको बेलौरी-९ मा काँग्रेसका राना प्यानलसहित विजयी
२०७९ जेठ २, ०५:५४
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-९ मा नेपाली काँग्रेसका किसान राना प्यानलसहित विजयी भएका छन्। उनी ६८९ मतसहित वडाध्यक्षमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका दिपकराज ओझाले ४६० मत ल्याए। त्यस्तै समाजवादीका समशेरसिंह पेलाले ४५४ मत र माओवादीका धरमसिंह ऐरीले ३४५ मत ल्याए।
कमेन्ट लोड गर्नुस