कञ्चनपुरको बेलौरी-३ मा एमालेको प्यानल नै विजयी
२०७९ जेठ २, ०५:४४
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा एमालेका सिताराम रिजाल प्यानलसहित विजयी भएका हुन्।
उनले ८६५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जुद्धिराम रानाथारुले ५४६ मत पाए भने माओवादी केन्द्रका हर्कबहादुर भूलले ४८९ मत पाए।
कमेन्ट लोड गर्नुस