बैतडीको दोगडाकेदार-१ को अध्यक्षमा एमालेका जोशी विजयी
२०७९ जेठ १, ०९:४२
धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका-१ को अध्यक्षमा नेकपा एमालेका नवराज जोशी विजयी भएका छन्। जोशी ४६६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवदत्त भट्टले ४०२ मत ल्याए। सदस्यमा एमालेका ३ जना र काँग्रेसबाट १ जना निर्वाचित भएका छन्।
कमेन्ट लोड गर्नुस