बैतडीको शिवनाथ-३ मा काँग्रेसका कलौनी प्यानलसहित निर्वाचित
२०७९ जेठ १, ०९:०८
धनगढी: बैतडीको शिवनाथ गाउँपालिका-३ मा नेपाली काँग्रेसका केशव कलौनी निर्वाचित भएका छन्। कलौनी ३६१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्।
वडामा काँग्रेसको पूरै प्यानल नै निर्वाचित भएको छ। वडा सदस्यमा सुर्मा साउँद, बमिला पार्की, कृष्ण साउँद र लक्ष्मण साउँद विजयी भएका हुन्। कलौनीका निकटतम प्रतिद्वन्द्वी चन्द्र साउँदले २६१ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस