कञ्चनपुरको बेलडाँडी-१ को वडाध्यक्षमा काँग्रेसका विष्ट प्यानलसहित विजयी
२०७९ जेठ १, ०८:०१
धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली काँग्रेसका गजबहादुर विष्ट प्यानलसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंकरदत्त भट्टलाई पराजित गर्दै उनी ७७२ मतका साथ विजयी भएका हुन्। भट्टले ७५३ मत प्राप्त गरेका छन्।
कमेन्ट लोड गर्नुस