सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुमा स्वतन्त्र उम्मेदवार साउदको अग्रता

२०७९ वैशाख ३१, ०६:०८ खबर संवाददाता

डडेल्धुरा: कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार धनबहादुर साउदले अग्रता लिएका छन्। सुरुवाती ३ सय मत गन्दा साउदले ८० मत प्राप्त गरेका छन्। साउदले नेकपा एमाले छाडेर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।   

दोस्रोमा कांग्रेसका टेकराज पाण्डेयले ७९ मत पाएका छन्।  गत निर्वाचनमा विजयी भएका माओवादीका उमेश भट्टले भने ६५ मत पाएका छन्। उक्त गाउँपालिकामा एमालेका पदम पालले ४६ मत पाएको छ।  त्यहाँ ३० मत बदर भएका छन्।  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो। 

कमेन्ट लोड गर्नुस