कञ्चनपुरको शुक्लाफाँटाको मेयरमा माओवादीको अग्रता, उपमेयरमा एमाले
धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा माओवादी र एकीकृत समाजवादीको गठबन्धनले अग्रता लिएको छ। माओवादीबाट मेयरका उम्मेदवार नवराज ऐरले प्रारम्भिक अग्रता लिएका छन्।
पहिलो दुई सय मत गणना हुँदा उनले ७३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रणबहादुर महराले ५१ र कांग्रेसका चिन्तामणि भट्टले ३७ मत ल्याएको छ।
यस्तै उपमेयरमा नेकपा एमालेकी मोनिका भण्डारीले ५० मतसहित अग्रता लिएकी छन्। उपमेयरमा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ४५ र नेपाली कांग्रेसकी कल्पना कुमारी जोशीले ३३ मत प्राप्त गरेकी छन्।