सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस विपीको प्यानल विजयी

२०७९ वैशाख ३१, ०४:३५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस पराजित भएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ रुवाखोलाको अध्यक्षमा काँग्रेस विपीका नरेश भण्डारी विजयी भएका छन्। उनले ६७३ मत प्राप्त गरेका छन्। 

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए। उक्त वडामा काँग्रेस विपीको प्यानल नै विजयी भएको छ। कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।

कमेन्ट लोड गर्नुस