सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा कांग्रेसको अग्रता कायमै 

२०७९ वैशाख ३१, ०३:२३ खबर संवाददाता

बैतडीः स्थानीय तहको निर्वाचनमा बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। १२ सय ७२ मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले ५०६, नेकपा एमालेका अम्मरबहादुर कुँवरले ३१२ र एकीकृत समाजवादीका नरेन्द्र बिष्टले २४९ मत पाएका हुन्। यसैगरी स्वतन्त्रका जीतबहादुर महराले ७ मत प्राप्त गरेका छन्। 

यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका मञ्जु बोहराले ४२४, नेकपा माओवादी केन्द्रका दिलाराम भट्टले २०४ र राप्रपाका देवबहादुर चन्दले २८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए। अहिले सम्म वडा नं १ को मतगणना सम्पन्न भईसकेको छ भने वडा नं २ र ८को मतगणना चलिरहेको छ।   
 

कमेन्ट लोड गर्नुस