सुदूर नेपाललाई विश्वसँग जोड्दै

बित्थडचिर गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका बोहरा विजयी

२०७९ वैशाख ३१, ०२:३३ खबर संवाददाता

बझाङः बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ। एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन्। मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन्। माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरेका छन्।

उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन्। कुल एक हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस