डडेल्धुराको आलितालमा कांग्रेसकै अग्रता
२०७९ वैशाख ३१, १०:५१
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाे मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। ८ सय मत गन्दा पालिका अध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर गुरुङले २९७ मत प्राप्त गरेका छन्।
उनको पछिपछि नेकपा एमालेका मीन बोगटीले २७७ मत पाएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका शेरसिंह पार्कीले १०२ मत पाएका छन्। भने, नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ११ र स्वतन्त्र उम्मेदवार टेक खड्काले ५९ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस