सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ३ पालिकामा एमाले अघि, तिनमा कांग्रेसको अग्रता 

२०७९ वैशाख ३१, १०:१७ खबर संवाददाता

बैतडी:  १० स्थानीय तह रहेको बैतडीमा मतगणना जारी छ। अन्य स्थानीय तहमा भने शनिवार बिहानदेखि मतगणना भइरहेको छ। जसमध्ये दशरथचन्द नगरपालिकाको वडा नं १ र ११ बाट मतगणना सुरु भएको छ।

दुवै वडाका चार/चार सय मत गणना सकिँदा मेयरमा नेकपा एमालेका पुस्करराज जोशी (लख्खा भाइ)ले ३९८ मत प्राप्त गरेको छ भने नेपाली काङ्ग्रेसका गजेन्द्र रावलले ३३३ मत प्राप्त गरेको छ। उपमेयरमा नेकपा एमालेले ३५२ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसले ३६७ मत प्राप्त गरेको छ।

पाटनमा नेकपा एमालेले प्रमुख पदमा अग्रता लिएको छ। वडा नम्बर ६ को २ सय मत गणना गरिँदा नगरप्रमुखमा एमालेले ९४ मत ल्याएको छ। नेपाली कांग्रेसले ८५ र राप्रपाले ४ मत ल्याएको छ। उपप्रमुखमा नेकपा माओवादी केन्द्रले ९०, एमालेले ७४ र राप्रपाले ६ मत ल्याएको छ। वडा नम्बर ६ को अध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ । २ सय मतगणना हुँदा नेपाली कांग्रेसले १ सय २, एमालेले ७१ र राप्रपाले ५ मत ल्याएको छ।

मेलौली नगरपालिकामा नेकाप एमालेको सुरुवाती अग्रता कायमै रहेको छ। ३०० मत गन्दा नेकपा एमालेको १४७ मत प्राप्त भएको छ। नेपाली कांग्रेसको ७८ मत प्राप्त गरेको छ। माओवादी केन्द्रले ६० मत प्राप्त गरेको छ। उपमेयरमा एमालेको ११५, कांग्रेसको ८२, माओवादीको ७२ मत प्राप्त भएको विवरण प्राप्त भएको छ।

यस्तै पुर्चौडी नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। ५ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर बमले १८७ मत प्राप्त गरेका छन्। त्यसैगरी माओवादी केन्द्रका विक्रम कुँवरले १४४ र नेकपा एमालेका उम्मेदवार कर्ण कुवँरले १२७ मत प्राप्त गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसका मिना धानुकले १८० मत, एमालेकी जानकी सावँदले १४३ र माओवादी केन्द्रकी उम्मेदवार नन्दा कुमारी साहले १३३ मत प्राप्त गरेकी छिन्।

सुर्नयाको वडा नं १ मा नेकपा एमाल प्यानलसहिते बिजयी भइसको छ । गाँउपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ । ४७० मत गणना भईसक्दा २९८ मत प्राप्त गरेका छन् । एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गरेको छ । नेकपा एसका उम्मेदवार नरेन्द्र बिष्टले ३१ मत लिएका छन् । यसैगरी नेपाली कांग्रेसका उप मेयर मञ्जु बोहराले १५७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दिलाराम भट्टले ७५ र राप्रपाका देव बहादुर चन्दले ९७ मत प्राप्त गरेका छन् ।

शिवनाथमा गठबन्धन दलका उम्मेदवारले अग्रता लिएको छ । वडा नं १ को एक हजार मत गणना गरिसक्दा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउँदले ५१५ मत ल्याएका छन् भने एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हजारी साउँदले ३१५ मत ल्याएका छन् । उपाध्यक्ष पदमा गठबन्धनका उपाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदले ४०४ र एमालेकी शकुन्तला साउँदले ३४८ मत ल्याएकी छिन् ।
 

कमेन्ट लोड गर्नुस