बाजुराको गुम्बागाउँमा ६० मध्ये ४४ मत खसे, मतदान सम्पन्न
२०७९ वैशाख ३०, ०५:३१
बाजुराः बाजुराको हिमाली गाउँपालिका ३ गुम्बागाउँ मतदानकेन्द्रमा ६० मतदातामध्ये ४४ मत खसेको छ। सबैभन्दा कम ६० जना मतदाता रहेको मतदान केन्द्रमा मतदान सकिएको हिमाली गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए।
जिल्लाकै विकट मानिने उक्त गाउँमा टेलिफोन सम्पर्क हुन नसकेको बताइएको छ। गुम्बागाउँमा रहेको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको छ।
कमेन्ट लोड गर्नुस