कञ्चनपुरको पुनर्वासमा स्थगित मतदान ४ घण्टासम्म पनि सुरु हुन सकेन
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा दिउँसो बाह्र बजे देखि स्थगित भएको मतदान ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन।
फर्जी मतदाताले मतदान गर्न खोजेपछि भएको विवाद समाधान हुन नसकेपछि ४ घण्टा देखि विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा अझै मतदान सुरु हुन नसकेको निर्वाचन अधिकृत किरण जोशीले बताए। उनले मतदान सुचारु गराउने प्रयास भरहेको बताए।
मतदान केन्द्र बाहिर र भित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उच्च सुरक्षाका साथ तयारीमा छन्। भित्र मतदान सञ्चालन गर्ने विषयमा निर्वाचन अधिकृत, सुरक्षा निकाय र उम्मेदवारहरुको छलफल जारी छ।