सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मृतकको नाममा मतदान गर्न खोज्दा विवाद, मतदान स्थगित 

२०७९ वैशाख ३०, १२:४३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ। 

दिउँसो १२ बजेतिर मृतक र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न हुँदा मतदान स्थगित भएको हो।  अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएको छ।

अहिले मतदान स्थल सुरक्षित गर्न सुरक्षा व्यवस्था कडा बनाइएको पुनर्वास नगरपालिकाकी निर्वाचन अधिकृत किरण जोशीले बताइन्। 


 

कमेन्ट लोड गर्नुस