सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वीमा झडप, मतपेटिका फुटाइयो

२०७९ वैशाख ३०, १२:०१ खबर संवाददाता

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका ७ अन्तर्गत मतदानस्थल सुनिपिपल चौर माध्यमिक विद्यालयमा मतपेटिका फुटाइएको छ। नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडपका क्रममा मतपेटिका फुटाइएको हो। 

झडपपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ। यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि ख केन्द्रमा पनि झडप भएको छ। मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको स्थानीय शोभा भण्डारीले जानकारी दिइन्।

कमेन्ट लोड गर्नुस