बाजुरा झडपः ७ काँग्रेस कार्यकर्ता घाइते, किन भयो कुटाकुट ?
बाजुराः बाजुराको बुढीगंगा नगरपालिका ५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ। मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो।
एमालेका कार्यकर्ताले फर्जी मत खसाउन खोज्दा झडप भएको काँग्रेस कार्यकर्ताले बताएका छन्। झडपमा परेर ७ जना भन्दा बढी काँग्रेस कार्यकर्ता घाइते भएका छन्। प्रहरीका अनुसार काँग्रेस र एमालेका कार्यकर्ताबीच मतपत्र खोसाखोस समेत भएको थियो।
अहिले उक्त मतदानस्थलको अवस्था समान्य रहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदानस्थलमा सुरक्षाकर्मी खटिएका छन्।