सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका मतदान केन्द्रमा राखिएका शंकास्पद वस्तु निष्क्रिय

२०७९ वैशाख ३०, ०९:४६ खबर संवाददाता

धनगढीः बझाङका दुई मतदान केन्द्र राखिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।  जिल्लाको जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल–८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको थियो।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको थियो। ती दुवै शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको हो। 
 

कमेन्ट लोड गर्नुस