बैतडीमा मतदान सुरु
धनगढी: बैतडीमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार जिल्लाका २ सय ५ ओटै मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको हो।
जिल्लामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएकाले मतदानमा सहभागि भएर मताधिकार प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरेका छन्। बैतडीमा ४४० जना जनप्रतिनिधि छान्नका लागि निर्वाचन भइरहेको छ भने १४ सय बढी उम्मेदवारहरु चुनावी मैदानमा छन्। साँझ ५ बजेसम्म मतदान गरिने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए।