सुदूर नेपाललाई विश्वसँग जोड्दै

मध्य मालीमा भएको विस्फोटमा चार सैनिकको मृत्यु

२०७९ वैशाख २९, ०७:५२ रासस

बामाको: मालीका चार सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधबार जनाएको छ। मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार बिहान भएको थियो  जसमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएका थिए।

सोमबार मध्य मालीको डिओनडियोरीमा सशस्त्र आतङ्कवादी समूह ९जीएटी० द्वारा गोलाबारीबाट दुई बालबालिकाको मृत्यु भएको  र अन्य चार जना घाइते भएका थिए। 

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर-समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ।
 

कमेन्ट लोड गर्नुस