सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ लाख बढी रकमसहित एकजना पक्राउ

२०७९ वैशाख २९, ११:४५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले २ लाख बढी रकमसहित काँग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका प्रहरीले बुधबार राति एक जनालाई पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट २ लाख २२ हजार ६८० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुर प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले प्रहरीलाई शंका लागेकाले पक्राउ गरिएको बताए। ‘पक्राउ परेका व्यक्तिको विषयमा हामी छानविन गरिरहेका छौँ, ‘उनले भने।  

कमेन्ट लोड गर्नुस