यौनकर्मीले सडकमै खुलेआम ग्राहक खोज्न पाउने नयाँ कानून लागू
काठमाडौंः यौनकर्मीले लुकीछिपी ग्राहक खोज्ने गर्थे तर अब अस्ट्रेलियाको भिक्टोरियामा खुलेआम सडकमा ग्राहक खोज्न पाइने भएको छ। नयाँ कानून लागू गर्दै सरकारले ग्राहकसँग सडकमा भेटघाट र कुराकानी गर्न छुट दिएको छ।
भिक्टोरियाको स्थानीय सरकारले यसलाई सुधारवादी कानून मानेको छ। यौनकर्मी र ग्राहकले खुलेआम भेट्न पाउने कानून बनेपछि स्थानीयले यसलाई ऐतिहासिक दिन मानेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नयाँ कानून लागू भएपछि अब यौन व्यवसाय सुरक्षित हुने विश्वास लिइएको छ। मंगलवारबाट नयाँ कानून लागू भइसकेको छ। कानूनअनुसार स्कूल, केयर सर्भिस र पूजास्थल आसपास भने यौनजन्य गतिविधि निषेध गरिएको छ।