सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २ सय ५ मतदान केन्द्र, हजार बढी कर्मचारी खटाइयो

२०७९ वैशाख २८, १०:१७ खबर संवाददाता

बैतडी: बैतडीमा स्थानीय तहको निर्वाचनका लागि २ सय ५ वटा मतदान केन्द्र तोकिएका छन्। ती सबै मतदान केन्द्रमा १ हजार बढी कर्मचारी खटिएका छन्।

सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका उनले बताए। यस्तै प्रत्येक मतदान केन्द्रमा ३ जनाका दरले स्वयंसेवक खटिएका जिल्ला निर्वाचन अधिकारी फुयालले बताए। यसरी जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन्।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले आज र भोलि मतदान प्रक्रियालाई सहज बनाउन मतदान केन्द्रमा काम गर्नेछन्। उनीहरुले मतदाता परिचय पत्र वितरणका साथै मतदाताहरुलाई मतदान गर्ने तरीकाका बारेमा समेत सिकाउने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। 

कमेन्ट लोड गर्नुस