डडेलधुराको नवदुर्गा गाँउपालिमा प्रभु बैंकको शाखा विस्तार
प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाँउपालिकामा शाखा विस्तार गरेको छ। बैंकको एक सय ६५ औ शाखाका रुपमा नवदुर्गमा बैंकको शाखा स्थापना भएको हो। गाँउ–गाँउका जनतालाई विक्तीय सेवा प्रदान गर्ने उदेश्यले बैंकको शाखा विस्तार भएको शाखा प्रवन्धक वेदप्रकाश पन्तले बताए।
नवदुर्गा गाँउपालिकाका अध्यक्ष कविन्द्र विष्ट, बैंकका क्षेत्रीय प्रमुख सुनिल राना लगाएतको शाखा कार्यक्रमा सहभागिता रहेको उनले जानकारी दिए।