सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका सम्पूर्ण सेवा स्थगित 

२०७९ वैशाख २७, ११:०२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका सम्पूर्ण सेवा स्थगित गरिएको छ। मालपोत कार्यालय बेलौरीले सोमबार सूचना जारी गर्दै २७ गते (आज)बाट सेवा स्थगित गर्न लागिएको जानकारी दिएको हो।

उक्त कार्यालयका कर्मचारीहरु सथानीय तह निर्वाचनमा खटिने भएकाले आज (मंगलबार)बाट मतदानका दिनसम्म कार्यालयका सम्पूर्ण सेवाहरु स्थगित गरिएको सूचनामा उल्लेख छ। स्थानीय तह निर्वाचन वैशाख ३० गते शुक्रबार हुँदैछ।

 
कमेन्ट लोड गर्नुस