कञ्चनपुरका सीमा नाका आजबाट बन्द
२०७९ वैशाख २७, ०९:०४
धनगढी: कञ्चनपुरका सीमा नाका आजबाट बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गरी २७ गते (आज) राति १२ बजेदेखि ३० गते मतदान सम्पन्न नभएसम्म जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने जनाएको हो।
वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख छ।
कमेन्ट लोड गर्नुस