सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकको निक्षेपमा झिनो सुधार

२०७९ वैशाख २६, ०८:०१ रासस

काठमाडौँ: वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ। वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन रु पाँच अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप रु ४३ खर्ब ७३ अर्ब पुगेको छ। वैशाख १६ गतेसम्म रु ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा रु पाँच अर्ब बढेर ४३ खर्ब ७३ अर्ब पुगेको हो।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ। वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ। तेस्रो साता ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको हो।

गत साताको तुलनामा कर्जा लगानीमा रु चार अर्बले कमी आएको छ। बैंकहरुले गत फागुन चौथो साता ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन र ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए। सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ।

कमेन्ट लोड गर्नुस