बैतडीमा आजबाट मदिरा विक्री वितरण गर्न नपाइने
धनगढी: बैतडीमा आजबाट मदिरा विक्री वितरण गर्न नपाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि अन्तिम मतपरिणाम नआउँदासम्म जिल्लामा मदिरा सेवन र कारोबारमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको थियो। प्रशासनको निर्णयबारे सबै तहमा जानकारी गराई कार्यान्वयनका लागि सबै ठाउँमा निर्देशन दिइसकेको उनले बताए। निर्णय कार्यान्वयन भए/नभएको अनुगमन गरिने र कार्यान्वयन नभएको पाइए कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।