सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकजना मृत फेला 

२०७९ वैशाख २५, ०७:४१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका–१८ कटानका ५५ वर्षीय जगदिश महरा मृत अवस्थामा फेला परेका हुन्। 

उनी सडक नालीमा आइतबार करीब ५ बजेको समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 


 

कमेन्ट लोड गर्नुस