सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा काँग्रेस विपी र एमालेद्वारा जनतासँग लिखित करारनामा

२०७९ वैशाख २४, १०:५९ खबर संवाददाता

डडेल्धुरा: पहिलोपटक डडेल्धुरामा स्थानीय तहको निर्वाचानमा उम्मेदवार बनेकाहरुले जनतासँग लिखित करारनामा गरेको छन्। नेपाली काँग्रेस विपी र नेकपा एमाले गठबन्धनका तर्फबाट अमरगढी नगरपालिकामा उम्मेदवार बनेकाहरुले उक्त लिखित करारनामा गरेका हुन्।

शुक्रवार दुवै दलले डडेल्धुराको बागबजारमा गरेको संयुक्त चुनावी सभामा प्रमुख, उपप्रमुखसहित पालिकाका ११ वटै वडाध्यक्षका उम्मेदवारले लिखित रुपमा सामूहिक प्रतिवद्धता जनाएका छन्। चुनावी सभामा उनीहरुको सात मुख्य र पाँच सहायक बुँदा वाचन गरेर करारनामा गरेका थिए।

जनतामा गरेका कबुल, बाचा गरिएका काम र प्रतिबद्धतालाई कार्यान्वयन गर्ने करारनामामा उल्लेख गरिएको छ। पदमा रहँदा जनताका भावना विपरीत अनियमितता नगर्ने, व्यक्तिगत स्वार्थका लागि गलत कदम नचाल्ने, श्रोतसाधनको अपचलन र राज्यलाई नोक्सान हुने काम नगर्ने कबुल गरेका छन्।

यस्तै निर्वाचितको एक महिनामा सम्पति विवरण सार्वजनिक गर्ने र कार्यकाल सकिएपछि जनतासामु सम्पत्ति विवरण बुझाउने, नियमित सार्वजनिक सुनुवाई र अद्यावधिक प्रकृयालाई प्रभावकारी बनाउने, नगरको आवश्यकतालाई प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिनेनगरपालिकाले बनाउने कानुन, कार्यक्रम, जनसरोकारका विषयमा नागरिकबिच छ्लफल गरिने करारनामा उल्लेख गरिएको छ।


 

कमेन्ट लोड गर्नुस