सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हाइस र अटो दुर्घटना हुँदा २ जना घाइते  

२०७९ वैशाख २३, ०८:१८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा हाइस र अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको भिमदत्त नगरपालिका ३ भासीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको अटो र सोही दिशा तर्फ गइरहेको शेरबहादुर साउदले चलाएको म १ ज २५० नम्बरको हाइस दुर्घटना हुँदा २ जना घाइते भएका हुन्। 

महेश बोहराले चलाएको अटोमा सवार भिमदत्त नगरपालिका ५ दैजी बस्ने ७० वर्षीय कैले लुहार र उनकी श्रीमती ६५ वर्षीय रत्ना लुहार घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरुको उपचार भइरहेको र हाइस चालक र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस