सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आएको हावाहुरीले स्कुलको छानो उडायो 

२०७९ वैशाख २२, ०५:०६ खबर संवाददाता

बैतडी: बुधबार आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ।

वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो। अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानीय पुरनसिंह ऐरले बताए। 

उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने त्यहाा करिब ६० जना विद्यार्थी छन्। छानो उडाउँदा जस्तापाताहरू छरिएका छन्। 
 

कमेन्ट लोड गर्नुस