बझाङमा वर्षाका कारण पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध
२०७९ वैशाख २१, ०८:००
धनगढी : बझाङमा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार मंलबार आएको वर्षाका कारण पहिरो गएको हो। हिजो राति ८ बजेबाट अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कमेन्ट लोड गर्नुस