सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी २४ वर्षीया मञ्जु, जो गाउँपालिका उपाध्यक्षमा लड्दैछिन्

२०७९ वैशाख २०, ०५:१८ खबर संवाददाता

बैतडी: बैतडी बैतडीमा कान्छी उम्मेदवारको रुपमा मञ्जु बोहरा देखिएकी छिन्। उमेरले २४ वर्ष मात्रै पुगेकी उनी सुर्नया गाउँपालिकाको उपाध्यक्ष पदमा उठेकी हुन्। 

नेपाली काँग्रेसबाट टिकट पाएकी उनी अहिले घरदैलो अभियानमा व्यस्त छिन्। उनले महिलाको हक अधिकारका लागि आफ्नो उम्मेदवारी रहेको बताइन्। ‘महिलाहरुले भोग्नु परेका पीडा मलाई थाहा छ। त्यसैले उनीहरुलाई आत्मनिर्भर बनाउने मेरो पहिलो उद्देश्य हुनेछ’ मञ्जु भन्छिन्, ‘महिलाहिंसाका घट्नाहरु कम गर्न महिलाको क्षेत्रमा विकास हुन आवश्यक छ।’ 

सुर्नया गाउँपालिकामा नेकपा एमाले र राप्रपाले चुनावी गठबन्धन गरेका छन्। यस्तै नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पनि तालमेल गरेर चुनाव लड्दै छन्। तर कसैले पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई उठाएका छैनन्। 

सोही कारण नेपाली काँग्रेसले तालमेल नगरी आफुलाइ टिकट दिएको भन्दै मञ्जु विजयी हुनेमा विश्वस्त छिन्।

कमेन्ट लोड गर्नुस