बैतडीमा पालिका अध्यक्षका उम्मेदवारको घोषणापत्रः मदिरा निषेध गर्ने, नि:शुल्क स्वास्थ्य सेवा
धनगढीः बैतडीको दुर्गम गाउँपालिका सिगासमा अध्यक्ष पदमा उम्मेदवारी दिएका जस्विर बोहराले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। नेकपा एमालेबाट उम्मेदवारी दिएर प्रचारप्रसारमा लागिसकेका उनले सिगास विकासको मोडलसहितको घोषणापत्र सार्वजनिक गरेका हुन्।
उनले गाउँपालिकामा सडक विस्तार गर्नेदेखि नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नेसम्मका चुनावी एजेण्डाहरु घोषणापत्रमा समेटेका छन्। पालिकामा मदिरा निषेध गर्ने तथा नियन्त्रका लागि पहल थाल्ने जनाएका छन्।
यस्तै अस्पताल निर्माण, पर्यटन तथा धार्मिक स्थलहरुको विकास, उद्योग सन्चालन तथा शिक्षा र खेलकुदको क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनले बताएका छन्। सिगासमा अहिले जनताले एमालेको सरकार चाहेको भन्दै जित निश्चित रहेको उनको दाबी छ।