सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण 

२०७९ वैशाख १८, ०९:३२ खबर संवाददाता

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्न थालिएको छ। 

बलात्कारका घटना अत्याधिक बढेपछि बलात्कृत किशोरी तथा महिलाहरुले अनिच्छित गर्भको पनि सामाना गर्न नपरोस् भनेर दातृ संस्थाहरु आपत्कालीन गर्भनिरोधक चक्की पिल्स उपलब्ध गराउन लागिपरेका बीबीसीले जनाएको छ।

इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसनले झण्डै तीन हजार प्याकेट पिल्स उपलब्ध गराएर स्वयम्सेवकहरुले बाँढीरहेका छन्। 

बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुने भएकोले पिल्स वितरणलाई जोड दिइएको वितरण कार्यमा संलग्न क्यारोलिन हिक्सनले बताएको बीबीसीले जनाएको छ। 

किशोरी तथा महिलाहरु बलात्कारमा परेको पाँच दिनभित्र सम्पर्कमा आएमा स्वयंसेवकले नै पिल्स दिने गरेको र ढिला गरी आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा पिल्स दिने गरेको उनले बताए। 

अहिले वितरण भइरहेको चक्की  गर्भाधारण भएको २४ हप्तासम्म प्रयोग गर्न सकिन्छ। युक्रेनमा युद्ध शुरु भएपछि संयुक्त राष्ट्र संघको जनसंख्या कोषले पनि मातृत्व सम्बन्धी औषधि उपलब्ध गराइरहेको छ।    

कमेन्ट लोड गर्नुस