सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास उद्योग हटाउन स्थानीयवाटै दवाव हुन थालेपछि औद्योगीकरणमा चुनौती

२०७५ वैशाख ४, ०३:४८

कैलालीको मालाखेतीमा रेडियन्ट ग्यास उद्योग स्थापना भएको ८ बर्षपछि असुरक्षा बढाएको भन्दै स्थानीय वासिन्दाहरु विरोधमा उत्र्रिएका छन ।

उद्योगवाट निस्कने ग्यासले अन्न उत्पादनमा हस गरेको, छालाका रोगहरु बढाएको र सम्ंभावित आगलागीको जोखीम समेत बढेकोले स्थानीय वासिन्दाहरुले उद्योग स्थानान्तरणको माग गरेका हुन । तर स्थानीय वासिन्दाले लगाएका आरोपहरुबारे सत्य तथ्य खोजी गर्न कसैले ध्यान दिएको छैन ।

प्रदेश नम्बर ७ को एक मात्र ग्यास उद्योगका रुपमा रहेको गोदावरी नगरपालिका–३ स्थित रोयल मल्टीलुक्स प्रालिले उत्पादन गर्दै आएको रेडियन्ट ग्यासले वस्ती जोखिममा परेको भन्दै स्थानीयहरु विरोधमा उत्र्रिएका हुन । उनीहरुले ग्यास उद्योगका कारण छालाका रोगहरु बढाएर मानव स्वास्थ्यमा नकारात्मक असर पारेको बताएका छन । 

मालाखेतीमा झण्डै ८ बर्षअघि नै ग्यास उद्योग संचालनमा आएको थियो । स्थानीय वासिन्दाहरुले आफुहरुलाई मेडिकल कलेज खोल्ने भन्दै झुक्याएर कागज गराई ग्यास उद्योग खोलेको आरोप लगाईरहेका छन । तर उनिहरुले ८ बर्षसम्म खासै विरोध नगरेपनि अहिले भने बस्ती नै अन्यत्र सार्न माग गरेको स्थानीय महिला जानकी मलासीले वताईन् । 

मालाखेतीका स्थानीय वासिन्दाहरुले ग्यास उद्योगका कारण छाला चिलाउने आँखा पाक्ने लगायतका रोग लागेको भन्दै वडा कार्यालयमा उजुरी समेत दिएका छन । तर स्थानीय वासिन्दालाई छाला चिलाउने सहितका रोगहरु ग्यास उद्योगका कारणले लागेको हो अथवा यसको अरु नै केहि कारण छ यस बारेमा कुनै अध्ययन भएको छैन ।

स्थानीय जनप्रतिनिधिहरु पनि सत्यतथ्य खोज्नभन्दा पनिउद्योग नै विस्थापित गर्ने पक्षमा वकालत गरिरहेका छन । नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद दिर्घराज भाटले उद्योग कुनै पनि हालतमा हट्नुपर्ने वताए । 

स्थानीय वासिन्दाले केहिदिन अघि जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन बुझाउँदै ग्यास उद्योग अन्यत्र सार्न माग गरेका थिए । हुन त यस अघि पनि पटक पटक ग्यास उद्योग अन्यत्र सार्न भन्दै संघर्ष समिति गठन हुदै खारेज हुदै गरेका थिए । तर यस पटक गठन भएको संघर्ष समितिले भने ठोस निर्णयमा पुगेरै छोड्ने संघर्ष समितिका संयोजक धु्रव भट्टराईले दावी गरे । 

मालाखेतीमा रहेको रेडियन्ट ग्यास उद्योग प्रदेश नम्बर ७ को एक मात्रै ग्यास उद्योग हो । त्यसैले भएको एउटा मात्रै उद्योगलाई व्यवस्थित गरेर संञ्चालन गर्नुको साटो उद्योग नै बिस्थापित गर्नुपर्ने भन्दै आन्दोलन हुनु राम्रो पक्ष होईन । प्रदेश ७ मा औद्योगिक क्षेत्र स्थापना नहँुदा यो समस्या झन झन बढ्दै गएको छ ।

कमेन्ट लोड गर्नुस