सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा लागूऔषधसहित एक युवक पक्राउ

२०७९ वैशाख १६, ०५:२१ खबर संवाददाता

धनगढीः महेन्द्रनगरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार भीमदत्त नगरपालिका तिलकपुरका २९ वर्षीय टेकेन्द्र चौधरी खैरो हिरोइनसहित पक्राउ परेका हुन्।

उनको साथबाट प्रहरीले २.५० ग्राम खैरो हिरोईन बरामद गरेको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस