सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र शाही भन्छन्ः कांग्रेसले कर्ण मल्ललाई तानाशाह शैलीबाट निष्कासित गर्नु अलोकतान्त्रिक

२०७९ वैशाख १६, ०२:३९ खबर संवाददाता

डडेल्धुराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसले कर्ण मल्ललाई तानाशाह शैलीबाट निष्कासित गर्नु अलोकतान्त्रिक भएको बताएका छन्। शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले कुनै विधि र कानुन नटेकी कांग्रेस पार्टी निवर्तमान डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई तानाशाह शैलीबाट कारबाही गरी पार्टीबाट निष्कासित गर्नुले कांग्रेस पार्टी कति लोकतान्त्रिक पार्टी हो भन्ने प्रष्ट पारेको बताए। आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका पूर्व डडेल्धुरा सभापति समेत रहेका मल्लले नेपाली काँग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेका थिए। त्यसपछि काँग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको थियो। उनले हिजै सुदूरपश्चिम प्रदेश सभा सदस्यको पद समेत त्यागेको घोषणा गरेका थिए।

यस्तै फरक सन्दर्भमा शाहीले पाँच पटक प्रधानमन्त्री भएका देउवाले जिल्लामा एउटा राम्रो बाटो पनि नबनाएको उनले दाबी गरेका छन्। 


 

कमेन्ट लोड गर्नुस