बैतडीमा एमालेबाट वडा सदस्यकी उम्मेदवार बाम गठबन्धनमा लागिन्
२०७९ वैशाख १६, १२:३१
धनगढीः बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा नेकपा एमालेबाट वडा सदस्यकी उम्मेदवार बाम गठबन्धनमा प्रवेश गरेकी छन्। आसन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी दलित महिला सदस्य बिष्ना लुहार आज एकीकृत समाजवादी र माओवादीको चुनावी गठबन्धनमा प्रवेश गरेकी हुन्।
एक चुनावी प्रचारप्रसार कार्यक्रमका बीच उनी एमाले पार्टी परित्याग गरेर बाम गठबन्धनमा प्रवेश गरेकी हुन्।
कमेन्ट लोड गर्नुस