सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द

२०७९ वैशाख १५, ०८:४४ रासस

बेइजिङः कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो। 

सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। “विद्यार्थीहरूको बिदा शुक्रबार देखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो,” सरकारी एक अधिकारीले भने। 

महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए। विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ।

विद्यालय अव पुनः कहिले सुचारु गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार बेइजिङमा बुधवार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक सङ्क्रमण भएको पुष्टि गरिएको छ।   

कमेन्ट लोड गर्नुस