सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुरामको मेयरमा एमालेबाट बोहरा, उपमेयरमा कांग्रेस बीपीकी थापा 

२०७९ वैशाख १४, ०३:५५ खबर संवाददाता

धनगढीः डडेल्धुराको परशुराममा नेकपा एमाले र कांग्रेस बीपीको चुनावी तालमेल हुने भएको छ। परशुराम नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले र कांग्रेस बीपीले चुनावी तालमेल गर्ने भएका हुन्। 

तालेमेलको सहमति अनुसार भागबण्डाका आधारमा नगरको मेयर एमालेले पाएको छ। एमालेका तर्फबाट परशुरामको मेयरमा केशव बोहरा उम्मेदवार बनेका छन्। बोहरा परशुराम नगरपालिका  ७ का निवर्तमान वडाध्यक्ष समेत हुन्। सामाजिक क्षेत्रमा सक्रिय बोहरा जनतामाझ लोकप्रिय छन्। उनले सहजै आफूले चुनाव जित्ने दाबी गरे। यस्तै कांग्रेस बीपीबाट उपमेयरमा गोपा थापाले मनोनयन दर्ता गराएकी छन्। 

यस्तै परशुरामको मेयरका लागि नेपाली कांग्रेसबाट भरत बडायर जोशी र उपप्रमुखमा कलावती बोहराको उम्मेदवारी परेको छ। नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महताले मनोनयद दर्ता गराएकी छिन्। एकीकृत सामाजवादीबाट भने परशुरामको नगरप्रमुखमा लालबहादुर दमाइ र उपप्रमुखमा कमला धामीले मनोनयद दर्ता गराएका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट रघुवीर विकको उम्मेदावरी परेको छ। राष्ट्रिय जनमोर्चा समवन्य समितिबाट मेयरमा लालबहादुर जाग्री र उपमेयरमा नेकपा विप्लव समूहबाट पूर्णिमा धामीले उम्मेदवारी दिएकी छन्। दुवै पार्टीले त्यहाँ वडासम्म तालमेल गरेका छन्।


 

कमेन्ट लोड गर्नुस